काठमाडौं : सुपर मादी हाइड्रोपावरकोे आइपीओ सोमबार (माघ २३ गते) बिहान बाँडफाँट भएको छ । यसमा १ लाख ७४ हजार ३०० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । आइपीओका लागि कुल १३ लाख ४ हजार २०८ जना आवेदकले आवेदन दिएकामा ५ हजार ५१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले माघ ९ गतेदेखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १०% अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५% अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको हो ।





