आइतवारदेखि २ करोडभन्दा बढी अवितरित हकप्रद शेयर विक्री गर्दै एचआईडिसिएल


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइतवारदेखि २ करोडभन्दा बढी अवितरित हकप्रद शेयर विक्री गर्दै एचआईडिसिएल

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले यस अघि वितरण नभएको संस्थापकतर्फको शेयर आइतवार अर्थात माघ २२ गते देखि पुनः विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तर्फको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता हकप्रद शेयर फागुन ८ गतेसम्मका लागि लिलामीमा ल्याउन लागेको हो ।

यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको ३ करोड ३० लाख कित्ता शेयर विभिन्न चरणमा लिलामी प्रक्रियामार्फत विक्री गर्दै आएको छ । यसअघि विभिन्न चरणमा विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लिखित शेयर पुनः विक्री गर्न लागिएको हो । 

Read More
  • EBL Ad news