काठमाडौं : अडानी ग्रुपका स्टकहरुमा लगानी गर्नेहरुले ७ दिनमै १०० खर्ब भारतीय रुपैयाँ (भारु) सम्पति गुमाएका छन् । अडनीका कम्पनीहरुको सेयर भाउ घट्ने क्रम नरोकिँदा लगानीकर्ताहरुले बजारबाट खरबौं रुपैयाँ गुमाएका हुन् । अमेरिकी सर्ट सेलर ‘हिन्डेनबर्ग रिसर्च’ को रिपोर्टपछि अडानी ग्रुपका कम्पनीहरुको बजार पुँजीकरण आधा घटिसकेको छ । ग्रुपको प्रमुख कम्पनी ‘अडानी इन्टरप्राइजेज’ को सेयर भाउ नै ७०% ले घटिसकेको छ ।






