अन्तरदिनको कारोबारको आधारमा गत पुस ५ गते नजिकको न्यून बिन्दु १८८१.०४ बाट बढ्न थालेको सेयर बजार परिसूचक यो बीच अधिकतम २२७७ बिन्दुसम्म पुग्यो।
यो बीचमा २१ प्रतिशतले बढेको बजारमा हालसम्म ८ प्रतिशतको करेक्सन भएको छ। यो सँगै नेप्से परिसूचक २०९४ बिन्दुमा आइपुगेको छ।
१८ सयको बिन्दुबाट बढ्दै गर्दा नेप्से परिसूचक कम्तीमा २५ सय बिन्दुसम्म पुग्ने लगानीकर्ताहरूको अपेक्षा विपरीत बजारले सो तह भेट्न सकेन।
बजार बन्द हुँदाको अन्तिम बिन्दुको आधारमा नेप्सेले लामो समयदेखि २१९६ मा प्रतिरोध पाइरहेकोमा यसलाई तोड्न नसकेको हो।






