काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । बुधबार सामान्य अंकले सुधार देखिएको बजार आज फेरी घटेको हो ।
बिहिबार २२.१२ विन्दुले बजार घटेर नेप्से इण्डेक्ड दुई हजार ९४ दशमलब ५४ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ४.९७ विन्दुले बजार बढेर नेप्से इण्डेक्ड दुई हजार एक सय १६ दशमलब ६५ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ९ करोड ६४ लाख बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ७६ करोड ७० लाख बराबरको कारोबार भएको थियो ।






