१८ माघ, काठमाडौं । मंगलबारसम्म बैंकका उपभोक्ताले आफूले सेवा लिइरहेको भन्दा फरक बैंकको एटीएमबाट महिनाको २ पटकसम्म पैसा निकाल्दा शुल्क तिर्न पर्दैन थियो । तर, मंगलबार नेपाल राष्ट्र बैंकले यो व्यवस्था हटाउँदै बैंकका सेवाग्राहीहरुले पाउँदै आएको सुविधा खोसिदियो ।
नेपाल राष्ट्र बैंकले कोभिडको बेलामा दिएको अन्तरबैंक एटीएम प्रयोग गर्दा २ वटा कारोबारसम्म शुल्क नलाग्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम प्रयोग गर्दा २ पटकसम्म शुल्क नलाग्ने व्यवस्था हटाएपछि बैंकका सेवाग्राहीहरुले राष्ट्र बैंकको आलोचना गरेका छन् ।








