पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ) ले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ।
मोरङको सुन्दरहरैंचामा मुख्य कार्यालय रहेको पिएलओले आगामी आर्थिक वर्षमा आईपीओ जारी गर्ने गरी सम्झौता गरेको छ।
उसले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त समेत गरेको छ।
शेयर निस्कासनका लागि भएको सम्झौता पत्रमा पीएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल र क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले बुधबार हस्ताक्षर गरेका हुन्।
पीएलओको ४ लाख कित्ता शेयर अल्फा प्लस भेन्चर्स लिमिटेडले खरिद गरेको छ।






