काठमाडौँ — चालु आवको पहिलो चौमासिक (साउन–कात्तिक) मा कुल १४ लाख ५२ हजार वटा मोबाइल सेटको आईएमईआई नम्बर दर्ता भएका छन् । यसमध्ये २८ लाख ७४ हजार ७ सय १३ वटा आईएमईआई नम्बर व्यवसायिक आयातकर्ताले र ३० हजार १ सय ८७ वटा व्यक्तिगत रुपमा दर्ता भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
मंगलबार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार साउनमा ९ लाख ९ हजार ६ सय ८५ वटा आईएमईआई दर्ता भएका थिए भने भदौमा ११ लाख २८ हजार ८ सय ७७ वटा आईएमईआई दर्ता भएका थिए । प्राधिकरणले भदौ ३१ मा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को सफ्ट लन्च गरेसँगै असोजमा ७ लाख ५९ हजार ७ सय २० वटा आईएमईआई नम्बर दर्ता भएको देखिन्छ ।







