सुमेरु सेक्युरिटिज र आई.ए.एफ.एस (IAFS) बिच बुधबार सहकार्यको सम्झौता भएको छ। बजारमा स्टक ब्रोकर नं. ३९ ले परिचित सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवाल र आई.ए.एफ.एस.का प्रबन्ध निर्देशक सुमन गौतमले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै हरेक साताको शुक्रबार लगानीकर्ताहरुलाई निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने सहमति गरेका हुन्।
कार्यक्रममा बोल्दै सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवालले यस प्रशिक्षण कार्यक्रम लगानीकर्ताहरुको लगानी सचेतनाको वृद्धिमा मद्दत मिल्ने बताए। यस्ता कार्यक्रमले बजारमा लगानी गर्दा हुने जोखिम न्यूनीकरण गर्न लगानीकर्तालाई सजक हुने विश्वास अग्रवालले लिएका छन्।






