काठमाडौं : नेप्से सूचकमा सुस्त सुधार भएको छ । यस दिन सूचक ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा आएको छ । १ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।समग्रमा हेर्दा सेयर बजारले अझै पनि गति लिन सकिरहेको छैन । इन्ट्रा डे मा २२७८ विन्दुसम्म पुगेर फर्किएको नेप्से अहिले सुस्त बनेको छ । नाफा बुक गरेकाहरु बजार छिर्ने मौका खोजिरहेका छन् । सकेसम्म अझै घटाएर किन्न पाइन्छ भन्ने उनीहरुको मानसिकताका कारण बजारले गति लिन नसकेको हो ।
बजारले निश्चित गति लिन नसकेपछि यतिबेला आम लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसका कारण कारोबार रकम पनि सुस्त भएको छ । बढेका बेला नयाँ र पुराना दुवै प्रकारका लगानीकर्ता सेयर खरिदका लागि उत्साहित हुन्छन्, त्यही भएर खरिदबिक्री रकमले गति लिने गर्छ । यस्तै, बजार घटेका बेला पनि सस्तोमा सेयर उठाउनेहरु सक्रिय बन्छन्, यसले पनि खरिदबिक्री रकमलाई माथि लैजान सहयोग गर्छ ।






