काठमाडौं । विदेशबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) भुक्तानी लिन विप्रेषण कम्पनीका कार्यालय वा बैंक, वित्तीय संस्था धाउनु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७९ जारी गर्दै मोबाइल वालेटमार्फत विप्रेषण भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।
निर्देशनमा भुक्तानी सेवाप्रदायक संस्थाले इजाजतप्राप्त विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आउने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी विप्रेषण भित्र्याउन सक्ने व्यवस्था गरेको हो । विप्रेषण प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सीमासमेत लागू नहुने व्यवस्था गरिएको छ ।








