काठमाडौं । आईपीओ निष्काशन गर्नका लागि २ कम्पनील नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । मंगलवार दोल्ती पावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी आईपीओ निष्काशन गर्न अनुमति पाएका हुन् ।
दोल्ती पावर कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको १६ लाख ९ हजार ४ सय ५८ कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । सो कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।






