माया खोला हाइड्रोपावरको आईपीओमा मंगलवारसम्म आवेदन दिन सकिने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माया खोला हाइड्रोपावरको आईपीओमा मंगलवारसम्म आवेदन दिन  सकिने

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीद गर्ने मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि माघ १७ गतेभित्र मात्र विक्री खुला गर्न लागिएको हो । 

पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ खरीदका लागि सोमवारसम्म १० लाख ९९ हजार २११ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का अनुसार यी आवेदकहरूबाट १ करोड २६ लाख १३ हजार ९७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा ६ दशमलव ३३ गुणा बढी आवेदन हुन आउँछ ।

कम्पनीले जारी पूँजी रू. १ अर्बको ३४ प्रतिशतले हुन आउने रू. ३४ करोड बराबरको ३४ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो । सर्वसाधारमा निष्कासन गरिने कुल कित्ता शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ । 

Read More
  • EBL Ad news