टेस्लाको सेयर भाउ १४ कारोबार दिनमै ६०% ले बढ्यो, २०२३ मा २० लाख कार बेच्ने लक्ष्य


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
टेस्लाको सेयर भाउ १४ कारोबार दिनमै ६०% ले बढ्यो, २०२३ मा २० लाख कार बेच्ने लक्ष्य

काठमाडौ : विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चौथो त्रैमासमा २४ अर्ब ३२ करोड डलरको रेभिन्यू आर्जन गरेको रिपोर्ट सार्वजनिक गरेको छ । विश्लेषकहरुले अनुमान गरेको भन्दा यो निकै धेरै हो । यससँगै यस कम्पनीको सेयर मूल्य पनि बढेको छ । टेस्लाको सीइओ एलोन मस्कले यस वर्ष कम्पनीले २० लाख कार उत्पादन गर्न सक्ने बताएको केही घण्टापछि सेयर भाउ ५% भन्दा धेरैले बढेको थियो ।

बिहीबार मात्रै सेयर मूल्य करिब ११% ले बढेर १६० डलर पुगेको छ । सन् २०२३ को सुरुवाती दिनदेखि टेस्लाको सेयर मूल्यमा तीव्र वृद्धि देखिएको छ । जनावरी ६ मा १०१ डलरको तल्लो विन्दु छोएको यस कम्पनीको सेयर यस अवधिसम्म आइपुग्दा १६० डलरसम्म पुगेको छ । १४ कारोबार दिनमा मूल्य करिब ६०% ले बढिसकेको छ ।

 

सन् २०२१ को नोभेम्बरमा ४१४ डलरसहित अल टाइम हाई बनाएको यस कम्पनीको सेयर भाउ त्यसयता भने निरन्तर घटेर करिब १०० डलरसम्म झरेको थियो । अहिले पुनः सोही विन्दुबाट बढ्न सुरु गरेको हो ।  यसको बजार पुँजीकरण पनि बढेर ५ खर्ब २ अर्ब डलर कायम भएको छ ।

Read More
  • EBL Ad news