काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १४ लाख ९६ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्नका लागि माघ ११ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले सेबोनबाट आईपीओ निष्कासनको स्वीकृती पाएपछि पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएकोलाई निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।




.jpg)

