सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिनेको संख्या १३ लाख ५७ हजार नाघ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिनेको संख्या १३ लाख ५७ हजार नाघ्यो

काठमाडौं : सुपर मादी हाइड्रोपावरको आइपीओमा १ अर्ब ५५ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (माघ १२ गते) सम्ममा १३ लाख ५७ हजार ७४५ जनाले १ करोड ५५ लाख ६२ हजार २१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ८.९२ गुणा बढी आवेदन हो । कम्पनीले माघ ९ गतेदेखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो । 
 

यो मध्ये १०% अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५% अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको हो । 

Read More
  • EBL Ad news