कालिन्चोक दर्शनको आइपीओ अर्को साता बाँडफाँट हुने, ८९ हजार ६४० जनाले मात्रै सेयर पाउने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कालिन्चोक दर्शनको आइपीओ अर्को साता बाँडफाँट हुने, ८९ हजार ६४० जनाले मात्रै सेयर पाउने

काठमाडौं : कालिन्चोक दर्शन कम्पनीको आइपीओ अर्को साताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ अनुसार अझै केही काम बाँकी रहेकोले अर्को हप्ता मात्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, कालिन्चोक दर्शनको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १८.५२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। यसमा १४ लाख ३२ हजार ८८१ जनाले कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन् ।जसमा ८९ हजार ६४० जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये १०% अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । जसमध्ये ५% अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । 

Read More
  • EBL Ad news