आरपीएस मार्फत गरिने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क घटाइयो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आरपीएस मार्फत गरिने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क घटाइयो

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(NCHL)ले आफ्ना आरपीएस/कनेक्ट आईपीएसका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ । 

आरपीएस मार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्टआईपिएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा अब १० हजार रूपैयाँसम्मको भुक्तानी मा २ रूपैयाँ र सो भन्दा माथी २० लाख रूपैयाँसम्मको भुक्तानीमा ५ रूपैयाँ कारोबार शुल्क लागू हुनेछ । हाल एनसीएचएलका वालेट एप मार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यम मार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्दछन् । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एनसीएचएलका विभिन्न च्यानलहरु मार्फत सरकारी राजस्व भुक्तानीका ११४ अर्ब रूपैयाँ बराबरका ९ लाख ७० हजार भन्दा बढी भुक्तानी कारोबारहरु भएका छन् । एनसीएचएलले गत ५ वर्ष देखि सरकारी भुक्तानीहरु डिजिटाइज गर्न सरकारी निकाय सँग समन्वय गर्दै आएको छ भने गत आर्थिक वर्ष लगभग २०% जति राजस्व संकलन अनलाइन माध्यमबाट गराउन पनि सफल भइसकेको छ । आगामी वर्षहरुमा यस्ता अनलाइन संकलन अझै बृद्धी हुने अपेक्षा गरिएको छ ।

Read More
  • MBL - below news