‘च्याट जीपीटी’ मा माइक्रोसफ्टले लगानी गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘च्याट जीपीटी’ मा माइक्रोसफ्टले लगानी गर्ने

काठमाडौँ — अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले ओपन एआईमा लगानी गर्ने भएको छ । अर्बपति इलन मस्कको कम्पनी ओपन एआईले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्टस टुल ‘च्याट जीपीटी’ पछिल्लो समय प्रविधि क्षेत्रमा रुचि राख्नेहरूमाझ निकै लोकप्रिय भइरहेको छ ।

एआई मोडलमा आधारित ‘च्याट जीपीटी’ ले प्रयोगकर्ताले सोधेका जुनसुकै विषयमा प्रश्नको उत्तर निकै सहज र संवादात्मक शैलीमा दिने गर्छ । इन्टरनेट पहुँच भएकाहरूलाई यो निकै सहज भएको छ । अर्थात् यसअघि सर्च इन्जिनमार्फत प्रश्नको जवाफ खोज्दा सम्बन्धित क्षेत्रका वेबसाइटका लिंक दिने गरेकोमा यसले भने खोजेको जस्तो उत्तर दिने गर्छ ।

आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई) लाई विकास गर्न सन् २०१५ मा स्थापित संस्था ओपन एआईले च्याट जीपीटी सार्वजनिक गरेको हो । माइक्रोसफ्ले यसअघि उक्त कम्पनीमा एक खर्ब अमेरिकी डलर लगानी गरेको थियो । यसका थप विशेषता विकास गरी थप बुहत् बनाउन माइक्रोसफ्टले केही वर्षभित्र कैयौं अर्ब डलर लगानी गर्ने भएको हो । यद्यपि, माइक्रोसफ्टले लगानी गर्ने रकमबारे भने केही उल्लेख गरिएको छैन् ।

Read More
  • MBL - below news