एसियाली सेयर बजार ७ महिनायताकै उच्च विन्दुमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एसियाली सेयर बजार ७ महिनायताकै उच्च विन्दुमा

काठमाडौं : एसियाली सेयर बजार बुधबार ७ महिनायताकै उच्च विन्दुमा पुगेको छ । जापन बाहेक एसिया–प्रशान्त क्षेत्रको सेयर बजार मापन गर्ने ‘एमएससीआई’ सूचक बुधबार ०.४% ले बढेर ७ महिनायताकै उच्च विन्दुमा पुगेको हो । दक्षिण कोरियाली सेयर सबैभन्दा बढी १.३% ले बढेको छ । ‘एमएससीआई’ सूचक यस वर्ष समग्रमा ९% ले बढिसकेको छ । सन् २०२२ मा भने यो सूचक करिब २०% ले घटेको थियो ।

यता, जापनको ‘निक्के’ र सिंगापुरको ‘एसटीआई’ सूचक पनि क्रमशः ०.१% र १.७% ले बढेका छन् । सूचकमा सुधार आएपनि चीन र ताइवानमा सार्वजनिक विदाका कारण एसियाली सेयर बजारमा कारोबार भोल्यूम भने संकुचित बनेको रोयटर्सले उल्लेख गरेको छ । विश्वव्यापी रूपमा, सेयर बजारले सन् २०२२ मा निराश बनाएपनि यस वर्ष भने बलियो सुरुवात गरेको छ । ...

Read More
  • EBL Ad news