अधिकाँश लगानीकर्ता वाणिज्य बैंककाे वित्तिय विवरणमा चासो दिन्छन् तर बैंककाे शेयर किन्दैनन्,किन ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अधिकाँश लगानीकर्ता वाणिज्य बैंककाे वित्तिय विवरणमा चासो दिन्छन् तर बैंककाे शेयर किन्दैनन्,किन ?

वाणिज्य बैंकको वित्तीय विवरणमा अधिकाँश लगानीर्ताहरुको चासो दिने गरेका छन । तर, तिनै लगानीकर्ताले दोस्रो बजारमा शेयर कारोबार गर्दा बाणिज्य बैंकलाई राेज्ने गरेका छैनन् ।

भर्खरै बाणिज्य बैंकहरूकाे  दोस्रो त्रैमासकाे वित्तिय विवरण सार्वजनिक भएकाे छ । शेयर बजारमा बैंकहरूका वित्तीय विश्लेषण यति व्यापक हुन्छ कि शेयर बजार चम्काउने भनेकै बाणिज्य बैंकहरू मात्र हुन जस्ताे लाग्छ । लगानीकर्ताहरुले वाणिज्य बैंकको वित्तीय विवरणलाई हरेक धारबाट विश्लेषण गर्ने गरेका हुन्छन् । उनीहरूले  विभिन्न समूह, फोरम र सामाजिक सञ्जालमा घनिभूत रुपमा छलफल पनि गर्ने गरेका छन् । वित्तीय विवरणका हरेक सूचकमा आधारित भएर बैंकको वित्तीय तथ्याङ्कसहित विगत, वर्तमान र भविष्यसँग जोडेर विश्लेषण गर्ने गरेको पाइन्छ । बैंकहरुको तुलनात्मक अध्ययनदेखि व्यवसाय विस्तार, नाफा नोक्सान र लगानीकर्ताले प्राप्त गर्न सक्ने सम्भावित लाभांशका विषयमा चर्चा हुने गरेको छ ।

वाणिज्य बैंकहरूका वित्तिय विवरणहरूमाथि व्यापक विश्लेषण हुँदै गर्दा यता बजारमा भने बाणिज्य बैंकका शेयर बढेकाे देखिंदैन । वित्तिय विवरणमा लगानीकर्ताले चासो जति धेरै हुन्छ दोस्रो बजारमा वाणिज्य बैकको शेयरमा लगानीकर्ताको आकर्षण नभएकाे प्रष्ट देखिन्छ । शेयर बजारमा आउने घटबढमा वाणिज्य बैंक भन्दा हाईड्रोपावर, विकास बैक र फाइनान्स कम्पनीहरुको शेयर मूल्यमा लगानीकर्ताकाे आकर्षण बढ्ने गरेको देखिन्छ जसले गर्दा पनि वाणिज्य बैंकको वित्तीय अवस्थाको तुलनामा दोस्रो बजारको मूल्य न्यायाेचित भएको लगानीकर्ताहरुको बुझाई छ ।

छिटो प्रतिफल प्राप्त गर्न खेाज्ने लगानीकर्ताको विषेशता नै हो । छिटो नाफा हुने कम्पनीको छनोट गर्दा वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण कम हुने गरेको शेयर बजार विश्लेषक मुक्ति अर्यालले बताए । 

‘वाणिज्य बैंकहरुको शेयर पूँजी धेरै छ । छोटो अवधिमा वाणिज्य बैंकको शेयरबाट पूँजीगत लाभ लिन मुस्किल हुन्छ । त्यसैले गर्दा आधारभुत रुपमा बलियो भएतापनि वाणिज्य बैंक लगानीकर्ताको रोजाइमा नपरेर कमजाेर वित्तीय अवस्था रहेका हाईड्रोपावर कम्पनी, विकास बैंक र फाइनान्स कम्पनीहरु पर्ने गरेको छ’ –अर्यालले मेरो लगानीसँग भने । यद्यपि लगानीकर्ताले वित्तीय कम्पनीको प्रगति विवरणको चासाे राख्दा उनीहरूमा कम्पनीको विश्लेषण गर्ने क्षमता बढाउनमा सहयोग पुगेको छ ।

Read More
  • EBL Ad news