काठमाडौं : सुपर मादी हाइड्रोपावरको आइपीओमा ८१ करोड ५८ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (माघ १० गते) सम्ममा ७ लाख २६५ जनाले ८१ लाख ५८ हजार कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ४.६८ गुणा बढी आवेदन हो । कम्पनीले सोमबार (माघ ९ गते) देखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो ।
यो मध्ये १०% अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५% अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि बिक्र खुला गरेको हो । यसमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।






