कृषिमा डिजिटल बिमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषिमा डिजिटल बिमा

गुलरिया : धानको बिउ उत्पादनका लागि लगानी गरेका बर्दिया बढैयाताल गाउँपालिका— ३ का नवराज पौडेलको बेमौसमी वर्षाले उत्पादनमा क्षति पुर्‍यायो। 

अत्यधिक पानीले खेत डुब्यो अनि धान ढल्यो। फसल स्याहार्ने बेला उत्पादन कम भयो। तर ६ महिनाअघि गरेको डिजिटल बिमाको भुक्तानीको चेक पाउँदा उनले राहत महसुस गरेका छन्। ‘असारमा १ बिघा क्षेत्रफलमा बिउ उत्पादन गर्ने गरी, धान रोपेपछि डिजिटल बिमा गरें। 

बिघाको ८ सय ८६ रुपैयाँ खर्च लाग्यो। वर्षाले धान खेतीमा क्षति पुगेपछि कम्पनीले मूल्यांकन गरी बिमाबापतको ३ हजार ४ सय रुपैयाँको चेक दियो। केही हदसम्म भए पनि राहत महसुस गरेको छु’ उनले भने।
परम्परागत रूपमा गरिने बिमा प्रभावकारी नभएपछि सरकारले बर्खे धानबाली, बिउ उत्पादन बाली र मकैलगायत महŒवपूर्ण नगदेबाली तथा  पशुपालक किसानहरूका लागि डिजिटल बिमा कार्यक्रम ल्याएको छ।
डिजिटल बिमा कार्यक्रम नेपालमै पहिलो पटक बर्दिया, बाँके र नवलपरासी जिल्लाबाट सुरु गरिएको हो। यसवर्ष देखि भने बिमा कार्यक्रम देशैभर लागू गरिने भएको छ। नेपालमा कृषि क्षेत्रमा गरिने अन्य बिमा कार्यक्रम प्रभावकारी रूपमा लागू हुन नसकिरहेको अवस्थामा डिजिटल बिमाले किसानहरूलाई कृषि बिमाप्रति आकर्षण गर्न सक्ने अनुमान गरिएको छ। 

Read More
  • MBL - below news