माइक्रोसफ्टले बन्द गर्‍यो विन्डोज ७ र ८.१


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माइक्रोसफ्टले बन्द गर्‍यो विन्डोज ७  र ८.१

अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो बहुचर्चित अपरेटिङ सिस्टम बन्द गर्ने घोषणा गरेको छ । जनवरी १० देखि लागु हुने गरी विन्डोज ७ र ८.१ को सपोर्ट बन्द गर्ने माइक्रोसफ्टले घोषणा गरेको छ ।

अहिले पनि धेरै कम्प्युटर प्रयोगकर्ताको डेस्कटप तथा ल्यापटपमा विन्डोज ७ तथा विन्डोज ८.१ नै रहेको अवस्थामा माइक्रोसफ्टको पछिल्लो निर्णयले ती प्रयोगकर्तालाई भने असर पर्ने देखिन्छ ।

विन्डोज ७ र ८.१ को सपोर्ट माइक्रोसफ्टले बन्द गर्नुको अर्थ के होला ? माइक्रोसफ्टको यो निर्णयपछि के उल्लेखित अपरेटिङ सिस्टम भएका कम्प्युटरले काम गर्दैनन् त ? त्यसो होइन । माइक्रोसफ्टको सपोर्ट बन्द हुनुको अर्थ यी अपरेटिङ सिस्टममा चल्ने कम्प्युटरमा सेक्युरिटी तथा बगको अपडेट प्राप्त हुनेछैन ।

Read More
  • MBL - below news