कुमारी बैंक र एनसीसी बैंकको मर्जर पश्चात नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुमारी बैंकको नाममा शेयर सुचिकृत भएको छ। नेप्सेमा आज कुमारी बैंकको २६ करोड २२ लाख ५८ हजार ६ सय १३ दशमलव ५७ शेयर सुचिकृत भएको हो ।
कुमारी बैंक र एनसीसी बैंक १:१ को स्वाप रेसियो अनुसार मर्ज भई एकिकृत कारोबार गरेका हुन् । साविकको कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८ सय ३२ दशमलव ५७ कित्ता र साविकको एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७ सय ८१ कित्ता शेयर गरिकुमारी बैंकको नाममा कुल २६ करोड २२ लाख ५८ हजार ६ सय १३ दशमलव ५७ शेयर सुचिकृत भएको हो । ...




