सगरमाथा जलविद्युतको आइपिओ बिक्री खुला


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सगरमाथा जलविद्युतको आइपिओ बिक्री खुला

काठमाडौं : सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले बिहीबारदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो। 

कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब १२ करोडको १० प्रतिशत अर्थात् ११ करोड २० लाख बराबरको प्रतिशेयर एक सय दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजनाबाट पीडित क्षेत्र इलामवासीका  लागि निष्काशन गरेको हो।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुने चार लाख ३६ हजार आठ सय कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि पनि निष्काशन गर्न लागेको कम्पनीको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ...

Read More
  • EBL Ad news