४ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि
काठमाडौँ — बुधबार सेयर बजारको परिसूचक नेप्से घट्दा कारोबार रकममा भने वृद्धि भएको छ । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ९ अंक घट्यो । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा १ अर्ब २० करोडले बढ्यो ।
९.०१ अंक घटेर नेप्से २१७३ अंकमा कायम भएको छ । कुल ४ अर्ब ९२ करोडको कारोबार भयो । हिजो ३ अर्ब ७२ करोडको कारोबार भएको थियो । बैंकिङ १०, फाइनान्स १५, होटल तथा पर्यटन २७, जीवन बीमा ११५, उत्पादन ४२, निर्जीवन बीमा ९७, अन्य ३ र ब्यापार उपसमूह १७१ अंक घटे । जलविद्युत् २२ र विकास बैंक उपसमूह भने १८ अंक बढे । कुल ८० कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो ६ को स्थिर रहृयो । ...





