मेगा बैंक सहित तिन कम्पनीको बोनस शेयर सूचीकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेगा बैंक सहित तिन कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । बुधवार नेप्सेमा तिन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मेगा बैंक  नेपाल लिमिटेड, रुरु जलविद्युत परियोजना लिमिटेड र गुँरास लाईफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

मेगा बैंकको ६४ लाख ४८ हजार १८४ दशमलव ५८ कित्ता र गुँरास लाइफ इन्स्योरेन्सको १५ लाख ५१ ह्जार २ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यस्तै रुरु जलविद्युत परियोजनाको ४ लाख ४८ हजार ४७६ दशमलव ०५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

अव यी बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । मेगा बैंकले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर र गुँरास लाइफ इन्स्योरेन्सले कात्तिक ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ४४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । ...

Read More
  • EBL Ad news