कालिञ्चोक दर्शनको आईपीओमा पहिलो दिनमै मागभन्दा करीब ४ गुणा बढी आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कालिञ्चोक दर्शनको आईपीओमा पहिलो दिनमै मागभन्दा करीब ४ गुणा बढी आवेदन

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा ३ दशमलव ७६ गुणा बढी आवेदन परेको छ । 

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार मंगलवार कार्यालय अवधिसम्म २ लाख ८२ हजार २६८ जना आवेदकहरूले ३३ लाख ७० हजार ८९० कित्ता शेयर खरीदको लागि आवेदन दिएका छन् । कम्पनीले सार्वजनिक निष्कासनमार्फत ८ लाख ९६ हजार ४०० कित्ता शेयर विक्रीमा ल्याएको हो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ छिटो अवधि माघ ६ गतेसम्म मात्र विक्रीमा रहनेछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो । सार्वजनिक निष्कासनमार्फत विक्री गरिने शेयर ८९ हजार ६४० जना योग्य आवेदकहरूले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले हात पार्नेछन् ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

Read More
  • EBL Ad news