आइएमई पेले फेरि सुरू गर्‍यो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक अफर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइएमई पेले फेरि सुरू गर्‍यो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक अफर

आइएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यास ब्याक अफर पुनः सुरू गरेको छ। 

यसभन्दा अघि ल्याइएको उक्त अफरमा ग्राहकको उच्च माग रहेकाले पुस ३० गतेबाट पुनः सुरू गरेको कम्पनीले बताएको छ।

यस अफरमार्फत प्रयोगकर्ताहरूले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यास ब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यास ब्याक पाउने जानकारी दिइएको छ। 

हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरूलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको आइएमई पे ले सो अफर सम्पूर्ण ग्राहकलाई समर्पित गरेको बताएको छ। 

Read More
  • MBL - below news