अपि पावरले हकप्रद निष्काशन गर्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अपि पावरले हकप्रद निष्काशन गर्ने

अपि पावर कम्पनी लिमिटेड (API) ले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।


विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ।

कम्पनीले हाल सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १–१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना सञ्चालन गरिरहेको छ। यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ।

Read More
  • EBL Ad news