शिवम् सिमेन्टको सातौं वार्षिक साधारण सभाद्वारा लाभांशकाे प्रस्ताव पारित, नगद मात्र दिइने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शिवम् सिमेन्टको सातौं वार्षिक साधारण सभाद्वारा लाभांशकाे प्रस्ताव पारित, नगद मात्र दिइने

शिवम् सिमेन्ट लिमिटेड(SHIVM)ले आ.व. २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सहितका प्रस्तावहरु पारित गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


शिवम् सिमेन्टले आव २०७८/७९ को सातौं वार्षिक साधारण सभा २०७९।०९।२९ गते शुक्रवारका दिन हेटौंडा स्थित होटल सामनामा सम्पन्न गरेको हाे । उक्त वार्षिक साधारण सभामाकम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना संचालकहरु निर्वाचित गरेकोमा सभास्थलमा बसेको नवनिर्वाचित संचालकहरुको बैठकबाट संचालक गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । साथै सोही सभाबाट संचालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहेका चन्द्र कुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तीको अनुमोदन समेत गरी ६ सदस्यीय संचालक समिति गठन गरेको हो ।

Read More
  • EBL Ad news