सेयर बजार बढ्न थाल्दा लगभग हरेक सूचीकृत समूहमा केही न केही वृद्धि देखिन्छ।
यो नेपाली बजारको चरित्र नै हो। तर, पछिल्लो केही वर्षयता जलविद्युत कम्पनीहरूको सेयर मूल्यमा पनि उच्च दरमा वृद्धि देखिन थालेको छ।
यसपटक पनि केही दिनअघि जलविद्युत कम्पनीहरूको मूल्य एकै दिन सर्किट लाग्ने गरी १० प्रतिशतको दरमा वृद्धि भयो।
जलविद्युत कम्पनीहरूमा केही समयअघि ठूला साना धेरै लगानीकर्ताहरूले लगानी गरेका थिए। यही कारण लाभांश क्षमता नै नभएका केही यस्ता कम्पनीको सेयर मूल्य पनि उच्च दरमा बढ्ने गरेको छ।






