नेप्सेले शतप्रतिशत नगद लाभांश दिने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेले शतप्रतिशत नगद लाभांश दिने

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४१औँ वार्षिक साधारणसभाले शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित गरेको छ।

शुक्रबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ मा कायम नेप्सेको चुक्ता पुँजी एक अर्बको शतप्रतिशतका दरले हुन आउने रकम एक अर्ब बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

'आज सकिएको नेप्सेको ४१औँ साधारणसभाले शतप्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित पारित गरेको छ', कम्पनी सचिव मुराहरि पराजुलीले भने। अघिल्लो आर्थिक वर्ष नेप्सेले ६० प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस सेयर दिएको थियो।

गत आर्थिक वर्ष २०७८/०७९ मा नेप्सेको खुद नाफा एक अर्ब १७ करोड ८१ लाख बराबर देखिएको छ। जुन अघिल्लो आर्थिक वर्षको भन्दा १६ दशमलव ४२ प्रतिशतले कम हो। 

Read More
  • EBL Ad news