बैंकहरु एक आपसमा गभिएपछि दोहोरो खाता हुनेले एउटा बन्द गर्नु पर्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकहरु एक आपसमा गभिएपछि दोहोरो खाता हुनेले एउटा बन्द गर्नु पर्ने

बैंकहरु एक आपसमा गाभिएपछि दोहोरो खाता हुने व्यक्तिले एउटा खाता बन्द गर्नु पर्ने भएको छ । बै‌ंकहरुले एकीकृत कारोबारपछि दोहारो खाता हुने व्यक्तिलाई एउटा खाता बन्द अनुराेध गर्ने भएका छन् ।

बैंकहरुले दोहोरो खाता हुनेलाई सूचना दिएर एउटा खातामा भएको रकम अर्कोमा स्थानान्तरण गरी दुईमध्ये एक खाता बन्द गर्ने मौका दिने भएका छन् । त्यसका लागि ग्राहकलाई दुईमध्ये कुन खाता बन्द गर्ने भन्ने छनोटको अवसर दिइने भएका छन् । आजको भोली नै दोहोरो खाता हुने व्यक्तिलाई बन्द गर्न भने भन्ने छैनन्।

व्यक्तिले एउटा बैंकमा एकभन्दा बढी बचत खाता सञ्चालन गर्न नमिल्ने नीति भएकाले दोहोरो खाता हुने व्यक्तिले एउटा बन्द गर्न अनुराेध गर्ने बैंकका कर्मचारीहरु बताउँछन् । तर, त्यसका लागि समय  भने दिइने भएकाे छ ।

 

बैंकहरु आपसमा गाभिएसँगै गाभिने दुवै बैंकमा बचत खाता रहेका कतिपय सर्वसाधारण अन्योलमा परेका छन् ।

आफ्नो खाताको भविष्यलाई लिएर ग्राहकहरुले चासो व्यक्त गर्न थालेपछि बैंकका कर्मचारीले यस्तो प्रतिक्रिया दिएका हुन्।

Read More
  • EBL Ad news