लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षद्वारा शपथ ग्रहण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षद्वारा शपथ ग्रहण

लुम्बिनी विकास बैंक लिमिटेडको मिति २०७९ पौष २६ मा सम्पन्न १५ औं बार्षिक साधारण सभाबाट निर्बिरोध निर्वाचित सञ्चालकहरु मध्ये श्री चिन्तामणी भट्टराई लाई सञ्चालक समितीको पहिलो बैठकले सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष श्री चिन्तामणी भट्टराइज्यूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री बम बहादुर मिश्रज्यू समक्ष आज मिति २०७९/०९/२८ गते बिहीबार का दिन पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

नवनियुक्त अध्यक्ष श्री चिन्तामणी भट्टराइज्यूले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको उच्च शिक्षा हासिल गरि विभिन्न समयमा विभिन्न संस्था तथा होटल व्यवसायको उच्च व्यवस्थापनमा संलग्न रहि कार्य अनुभव हासिल गर्नुका साथै साविक लुम्बिनी फाइनान्स एण्ड लिजीङ्ग कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक, लुम्बिनी जनरल इन्स्युरेन्सको सञ्चालक, नाडेप लघुबित्त वित्तीय संस्थाको सञ्चालक, डिप्रोक्स लघुबित्त वित्तीय संस्थाको सञ्चालकको अनुभव रहेको छ । यसै गरी रोटरी इन्टरनेशनलसंग विगत दुई दशक भन्दा बढी समय देखि आवद्ध रही सन् २०१८/०१९ को लागि नेपाल–भुटान डिष्ट्रिक गभर्नर रही सामाजिक सेवामा समेत निरन्तर योगदान पु¥याउदै आउनु भएको छ ।
उहाँको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिईएको छ ।
शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक श्री बुद्ध राज शर्मा र लुम्बिनी विकास बैंक लि. का नव निर्वाचित सञ्चालक गणेश राज रेग्मी, प्रमुख कार्यकारी अधिकृत श्री नरेश सिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मी र मुख्य प्रवन्धक श्री दिपक खनालको समेत उपस्थिति रहेको थियो ।

Read More
  • MBL - below news