ब्याजदर घटेसँगै बढ्ने अपेक्षामा रहेको शेयर बजार एकाएक किन घट्यो ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ब्याजदर घटेसँगै बढ्ने अपेक्षामा रहेको शेयर बजार एकाएक किन घट्यो ?

काठमाडौं  । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४१ दशमलव शून्य २ अंक घटेर २ हजार १४९ दशमलव ४१ विन्दुमा झरेको छ । 

यस दिन कारोबारमा आएका २५२ धितोपत्रको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता ८३ हजार ११३ पटकमा रू. ५ अर्ब ४७ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

नेपाल बैंकर्स संघले माघ महीनाका लागि निक्षेपको ब्याजदर घटाउने निर्णय गरे पनि शेयर बजार भने उच्च अंकले घटेको छ । छोटो समयमै बढेको बजारमा ट्रेडरहरूले प्रोफिट बुक गरेकाले बजार घटेको लगानीकर्ताहरू बताउँछन् । 

नाफा बुक गर्नेक्रम चलिरहेकै कारण ब्याजदर घटाउने निर्णय सार्वजनिक हुँदा पनि बजार बढ्न नसकेको जानकारहरू बताउँछन् । दीर्घकालीन रूपमा भने बजार सकारात्मक हुँदै जाने देखिन्छ । किनभने ब्याजदर घट्नु शेयर बजारका लागि सकारात्मक पक्ष मानिन्छ ।  ...

Read More
  • EBL Ad news