साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा, लगतै नेप्सेले रोक्यो कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा, लगतै नेप्सेले रोक्यो कारोबार

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ ।  कम्पनीको आज बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले लाभांश घोषणाबारेको जानकारी नेप्सेमा गराए लगत्तै नेप्सेले कम्पनीको कारोबार रोक्का राखेको छ । कम्पनीले आज बिहान ८:३० बजे संचालक  समितिको बैठक राखेर कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएपछि नेप्सेले स्पष्टिकरण सोध्दै कारोबार रोकेको हो । ...

Read More
  • EBL Ad news