मर्जर निर्देशिका लागु भएपछि पनि धेरै बीमा कम्पनीको शेयर कारोबार रोक्का, प्राधिकरण भन्छः काराेबार खाेल्न कम्पनी आफैले निवेदन दिनुपर्छ


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मर्जर निर्देशिका लागु भएपछि पनि धेरै बीमा कम्पनीको शेयर कारोबार रोक्का, प्राधिकरण भन्छः काराेबार खाेल्न कम्पनी आफैले निवेदन दिनुपर्छ

नेपाल धितोपत्र बोर्डले मर्जर निर्देशिका लागु गरेपनि धेरै कम्पनीहरुको शेयर कारोबार हुन सकिरहेको छैन । बोर्डले संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ कात्तिक २४ गतेबाट लागू गर्यो । मर्जर निर्देशिका कार्यान्वयनमा आएपनि धेरै बिमा कम्पनीको नेप्सेमा शेयर कारोबार रोकिएको अवस्था छ ।

बीमा क्षेत्रतर्फ मर्जरमा गएका कम्पनीहरुमा जीवन बीमातर्फ प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स तथा निर्जीवन बीमातर्फ सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्सको अहिलेसम्म कारोबार खुला भएको छैन । मर्जर निर्देशिका अनुसार भने यी कम्पनीहरुको कारोबार धेरै अगाडि नै खुलिसक्नु पर्ने थियो । निर्देशिका आइसकेपछि जीवन बिमातर्फ प्रभु लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स तथा निर्जीवन बिमातर्फ अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स तथा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भने निर्देशिका अनुसार कारोबार भइसकेको छ ।

 

 

नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले बीमा कम्पनीले कारोबार खोल्न निवेदन हाल्ने बित्तिकै कारोबार खोलिहाल्ने भए पनि कम्पनी स्वयमले नै पहल नगरेकाले कारोबार नखोलिएको हुन सक्ने बताए ।

मर्जर निर्देशिकामा मर्जरमा गएका कम्पनीहरुले मर्जर सफल भएर एकिकृत कारोबार गरिसकेपछि भने बढीमा १५ दिनसम्म कारोबार रोक्का गर्न सकिने व्यवस्था गरेको छ । सोही अनुसार अहिले पुस मसान्तमा एकिकृत कारोबार गरेका धेरै वाणिज्य बैंकहरुले शेयर कारोबार रोक्का राखेका छन् ।

मर्जरमा गएका वाणिज्य बैंकहरुले निर्देशिका कार्यान्वयनमा आइसकेपछि कारोबार खुलेर पुनः एकीकृत कारोबार भएपछि कारोबार रोक्का रहेको अवस्था छ । नेपाल क्रेडिट एन्ड कमर्स बैंकलाई गाभेर एकिकृत कारोबार गरेको कुमारी बैंक, बैंक अफ काठमाडौंलाई गाभेर एकिकृत कारोबार गरेको ग्लोबल आईएमई बैंक, सेन्चुरी बैंकलाई गाभेर एकिकृत कारोबार गरेको प्रभु बैंकको शेयर कारोबार रोक्का गरिसकेको छ भने सम्भवतः मेगा बैंकलाई गाभेर एकिकृत कारोबार गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कारोबारसमेत बढीमा १५ दिनको लागि रोक्का हुँदैछ । निर्देशिकामा भएको व्यवस्था बमोजिम एकिकृत कारोबार भइसकेपछि शेयर स्वाप रेसियोलगायतका अन्य व्यवस्थापन कार्यको लागि १५ दिन कारोबार स्थगित गर्नुपर्ने प्रावधान बमोजिम एकीकृत कारोबार गरेका बैंकहरुले नेप्सेमा जानकारी गराएर नै शेयर कारोबार रोक्का गरेको हो ।

Read More
  • EBL Ad news