बढेको बजारमा व्यापारिक समूहको परिसूचकमा देखियो सर्वाधिक वृद्धि


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बढेको बजारमा व्यापारिक समूहको परिसूचकमा देखियो सर्वाधिक वृद्धि

काठमाडौं । पुस महीनाको दोस्रो कारोबार दिनदेखि उकालो लागेको नेपालको धितोपत्र दोस्रो बजार मङ्सिर महीनाको अन्तिम कारोबार दिनको तुलनामा ३०७ दशमलव ८२ अंक बढेको छ । मङ्सिर मसान्तसम्म १ हजार ८८२ दशमलव ६० विन्दुमा रहेको नेप्से परिसूचक पुस २६ गतेसम्मको कारोबारमा २ हजार १९० दशमलव ४२ विन्दुमा पुगेको छ । यो बीचमा नेप्से परिसूचक पाँच कारोबार दिन मात्र घटेको छ । पुसयता धितोपत्र दोस्रो बजारमा १७ दिन कारोबार भएको छ । 

एक वर्षभन्दा बढी समयदेखि घट्दो क्रममा रहेको धितोपत्र दोस्रो बजारले पुसको दोस्रो कारोबार दिनदेखि उकालो यात्रा शुरू गरेको छ । आम लगानीकर्ताले नयाँ सरकारले पूँजी बजारको थप विकासमा काम गर्ने अपेक्षा गरेसँगै बजार सकारात्मक बनेको देखिन्छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरू विभिन्न समूहअन्तर्गत रहेका छन् । बजार बढिरहँदा कुन समूहको परिसूचकले अग्रता लिएको छ भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ ।

Read More
  • EBL Ad news