काठमाडौं : सेयर बजार बुधबार बन्द हुने भएको छ । आज बुधबार (पुस २७ गते) नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा अडिएको छ ।






