केबल इन्टरनेट प्रयोगकर्ता एक करोड पुग्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
केबल इन्टरनेट प्रयोगकर्ता एक करोड पुग्यो

काठमाडौँ, पुस २७ गते । केबलमार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या करिब एक करोड पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार असोजसम्म अप्टिकल फाइबर (केबल)मार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ९९ लाख ८७ हजार रहेको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले आक्रामक रूपमा बजार विस्तार गरिरहँदा अप्टिकल फाइबरको प्रयोग निरन्तर बढिरहेको हो । 

वाइफाई तथा कम्प्युटरमा समेत फिक्स्ड इन्टरनेटका रूपमा जडान गर्न सकिने र परिवारका सदस्य सबैले चलाउन मिल्ने भएकोले केबल इन्टरनेटमा आकर्षण बढिरहेको देखिन्छ । प्रतिस्पर्धा तीव्र हुँदा केबल इन्टरनेटको मूल्य पनि घटेको र सरकारले समेत देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने परियोजना करिब सम्पन्न गरिसकेकोले यसमा पहुँच बढ्दै गएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सातै प्रदेशमा अप्टिकल केबल बिछ्याउने परियोजना हालै मात्र सम्पन्न भएको जनाएको थियो । उक्त परियोजनाको कार्यान्वयनको जिम्मेवारी पाएका निजी सेवा प्रदायकले दुई वर्षपछि घरायसी प्रयोगकर्तालाई काठमाडौँकैै प्रचलित मूल्यमा इन्टरनेट उपलब्ध गराउन सक्ने व्यवस्था प्राधिकरणले गरेको थियो । जसले गर्दा परियोजना सम्पन्न भएपछि घरायसी प्रयोगकर्ता पनि केबल इन्टरनेटमा जोडिन पुगेका हुन् । 

Read More
  • MBL - below news