माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको शेयर बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले मङ्सिर २३ गतेदेखि संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ का स्थाई बासीन्दाहरुको लागि ६,००,००० र प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा.को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थाई बासीन्दाहरुको लागि ४,००,००० कित्ता शेयर निष्काशन गरेको थियो ।





