लुम्बिनी विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंकले मिति २०७९ पौष २६ गते मंगलबार आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७८/७९ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनीहरुलाई ९.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयर सहित कुल १२.०० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष श्री प्रविण कृष्ण श्रेष्ठ को अध्यक्षतामा सम्पन्न १५औं वार्षिक साधारण सभामा आ.ब. २०७८/७९ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत श्री नरेश सिंह बोहराज्यूले स्पष्ट पार्नु भएको थियो ।

साथै, १५ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितीको निर्बिरोध चयन गरेको छ । जसमा, संस्थापक शेयरधनीहरु (समूह “क”) को तर्फबाट श्री चिन्तामणी भट्टराई, श्री रामचन्द्र सिग्देल र श्री प्रविण कृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरु (समूह “ख”) को तर्फबाट श्री गणेश राज रेग्मी, श्री अर्जुन थापा र श्री केशव खतिवडा निर्बिरोध निर्वाचित हुनुभयो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ । यस लुम्बिनी विकास बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।
 

Read More
  • MBL - below news