सेयर बजारले २२ सय अंक नाघ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारले २२ सय अंक नाघ्यो

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्सेले २२ सय अंक नाघेको छ । यस दिन परिसूचक नेप्से करिब ४७ अंक बढेर २२११ मा कायम भएको छ । कुल ५ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ५ अर्ब ४३ करोडको कारोबार भएको थियो ।

कुल १७३ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ६ को स्थिर रहृयो । होटल उपसमूह २३ अंक घट्यो भने अरु सबै बढेका छन् । बैंकिङ उपसमूह २९, विकास बैंक १२४, फाइनान्स ५९, जलविद्युत् १२२, जीवन बीमा १७८, उत्पादन २, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा २३७, अन्य २९ र व्यापार उपसमूह ७५ अंक बढे ।

Read More
  • EBL Ad news