काठमाडौं : नेपाल वेयर हाउजिङ कम्पनीले आइपीओ बिक्री गर्न धितोेपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणलाई १३ लाख ७५ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यसमा हिमालयन क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
नेपाल वेयर हाउजिङ कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पुरा गर्दै आएको छ । कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको जानकारी गराएको छ ।






