सिटिजन लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटिजन लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्ने

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव गर्दै कम्पनीले पाँचौं वार्षिक साधारण सभा बोलाएको हो ।

 

कम्पनीले माघ १५ गते आइतबार अलोफ्ट, छाँयादेवी कम्प्लेक्स ठमेलमा अपरान्ह ५ बजे साधारण सभा बोलाएको हो । सभाले प्रिमियममा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्षको २०७७/७८ को आर्थिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, आय व्यव हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी छलफल गरी पारित गर्नेछ ।

यस्तै  सभाले सञ्चालकको नियुक्त तथा लेखा परीक्षकको नियुक्तीलाई पनि अनुमोदन गर्नेछ ।

Read More
  • MBL - below news