माघ ३ गते सर्वसाधारणलाई आईपीओ जारी गर्दै कालिञ्चोक दर्शन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माघ ३ गते सर्वसाधारणलाई आईपीओ जारी गर्दै कालिञ्चोक दर्शन

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरेको कम्पनीले बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । अब २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो । 

यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि  अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । छिटोमा माघ ६ गतेसम्म विक्री खुला हुने मिति तय गरिएको छ भने छिटोे अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्म विक्री अवधि लम्बिनेछ । तर सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको तथ्याङ्कलाई हेर्दा कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्री खुला हुने निश्चित छ ।  ....

Read More
  • EBL Ad news