नबिल एसएसई फेलोसिपको पहिलो चरणको कार्यक्रम सम्पन्न, १८ विद्यार्थी उद्यमशीलताका लागि बजारमा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल एसएसई फेलोसिपको पहिलो चरणको कार्यक्रम  सम्पन्न, १८ विद्यार्थी उद्यमशीलताका लागि बजारमा

नबिल बैंकले सामाजिक उद्यमशीलताको विकास गर्ने ध्येयका साथ यसै वर्षदेखि गैरनाफामूलक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरपे्रनरसिप (नबिल एसएसई) फेलोसिपको पहिलो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित बैंकको उक्त कार्यक्रम कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमका बिच सम्पन्न भएको थियो । बैंकले उक्त फेलोसिप कार्यक्रमबाट व्यावसायिक रुपमा साक्षरता हासिल गरेका १८ विद्यार्थीहरुलाई प्रमाणपत्रसहित मायाको चिनो प्रदान गरी बिदाइ गरेको हो।

सोही अवसरमा उद्यमशीलता तालिम हासिल गरेका विद्यार्थीहरुले यस कार्यक्रमले आफूहरुलाई व्यावसायिक रुपमा साक्षर बनाई उद्यमी बन्न  उत्प्रेरणा प्रदान गरेको धारणा व्यक्त गरेका थिए । 
आफूसँग केही व्यवसाय गर्ने सोच मात्र भएको, समाजमा सकारात्मक परिवर्तन मार्फत् उद्यमी बनी देशमा नै केही गरौँ भन्ने भावना आइराखेको अवस्थामा नबिल एसएसई कार्यक्रमले सहयोग गरेको सहभागी विद्यार्थीहरुले बताएका थिए । त्यस्तै व्यवसाय गर्दाका समस्या, चुनौती, बजार व्यवस्थापन, बजार मूल्याङ्कन जस्ता कुराको ज्ञानले हाम्रो उद्यमी बन्ने सोचलाई आज व्यासायिक रुपमा साक्षर गराई प्रडक्ट लञ्च गर्ने सम्मको बनाएकोले नबिल बैंक र त्रिविप्रति कृतज्ञ रहेको अर्का एक सहभागीले बताएका थिए ।

सोही अवसरमा बैंकको दोस्रो चरणको फेलोसिप कार्यक्रम सञ्चालनका लागि नबिल बैंक र त्रिविबिच पुनः समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र त्रिभुवन विश्वविद्यालयको तर्फबाट उप–कुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले हस्ताक्षर गरेका थिए। त्यससँगै बैंकले उक्त कार्यक्रमको दोस्रो चरणका लागि छनोट भएका २० जना विद्यार्थीहरुलाई स्वागत पनि गरेको थियो । बैंकले छनोटमा परेकाहरुलाई सामाजिक उद्यमशीलता सम्बन्धी विभिन्न विषयवस्तुहरुमा प्रयोगात्मक र व्यावहारिक ढङ्गले प्रशिक्षण गर्ने गर्दछ ।

उक्त कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले व्यावसायिक सोचलाई सोसाइटीसँग अन्तर आवद्धता गर्दै विद्यार्थीहरुलाई उद्यमी बन्न यस नबिल एसएसई फेलोसिप कार्यक्रमले एउटा साकार रुप दिएको धारणा राख्नु भएको थियो । साथै अहिले केन्द्रबाट सुरु भएको एस किसिमको उद्यमशीलता कार्यक्रम आगामी दिनमा निजी क्षेत्रसँग सहकार्य गरी व्यापक रुपमा सञ्चालन गर्दै देशव्यापी रुपमा सञ्चालन गर्ने कुरामा त्रिभुवन विश्वविद्यालय सदैव तयार रहेको बताउनुभएको थियो। 

त्यस्तै कार्यक्रममा नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले युवापुस्तामा उद्यमशीलताको विकास गर्न यस्ता कार्यक्रमले मद्दत पुर्याउने धारणा व्यक्त गर्नुभएको थियो।

नबिल फेलोसिप कार्यक्रम मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषय तथा क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशीलता प्रवद्र्धनलाई जोड दिने कार्यक्रम हो ।

नबिल बैंक लिमिटेडले नेपालमा उद्यमशीलताको विकास गर्ने उद्देश्यअनुरुप आफ्नो सामाजिक उत्तरदायित्वलाई प्रभावकारी बनाउने क्रममा “नबिल एसएसई फेलोसिप कार्यक्रम“ सञ्चालनमा ल्याएको हो । नबिल एसएसई फेलोसिप कार्यक्रमले तपाईँ हाम्रा विद्यमान सामाजिक समस्याहरूको समाधानका लागि सामाजिक उद्यमीहरूको उद्यमशीलता विकासमा टेवा पुर्याई उत्पादन, विकास, जीवनको गुणस्तर सुधार तथा सामाजिक कल्याण, आर्थिक समृद्धि, वित्तीय साक्षरता, दिगो सामाजिक प्रभाव सिर्जना गर्ने लगायतका काममा सघाउ पुर्याउने बैंकले जनाएको छ ।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक क्रियाकलाप, विज्ञान तथा प्रविधि, स्वास्थ्य, साहित्य तथा कला आदि क्षेत्रमा विभिन्न सामाजिक कल्याणका कार्य निरन्तर रुपमा गर्दै आइरहेको छ । 

Read More