शेयर बजारमा टेकेर अर्थतन्त्र ट्र्याकमा ल्याउने सरकारको रणनीति, यस्ताे आउन थाल्याे विश्लेषण


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजारमा टेकेर अर्थतन्त्र ट्र्याकमा ल्याउने सरकारको रणनीति, यस्ताे आउन थाल्याे विश्लेषण

सुवास निरौला

गएको पुस सात गते नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १८६७.२१ अंकमा थियो। बुधवार सूचक बढेर २१२५.८४ अंकमा उक्लिएको छ। गएको १३ दिनमै सूचकले २५८.६३ अंकको फड्को मार्‍यो।  

छोटो समयमै सूचक बढेपछि लगानीकर्ताको चासो बढ्न थालेको छ। यस अघि मौन रहेका लगानीकर्ता समेत सलबलाउन थालेको बताइएको छ। “शेयर बजार प्रति लगानीकर्ताको चासो बढ्दै गइरहेको छ। यस अघि मौन रहेका लगानीकर्ता समेत सलबलाउन थालेका छन्” एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानी सँग भने।

 

 

शेयर बजारले पुस मसान्तलाई समेत अटेर गरेर अघि बढ्न थालेपछि शेयर बजार थप बढ्ने अनुमान गर्न थालिएको छ। “पुस मसान्तमै बजार अवस्था यस्तो छ। बजार थप बढ्ने अनुमान गर्न सकिन्छ” ती ब्रोकरले भने।

शेयर बजार बढ्दै गएपछि लगानीकर्ताहरूमा थप कन्फिडेन्स बढ्न थालेको छ। उनीहरूले शेयर बजारलाई नै टेकेर सरकारले अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने रणनीति अख्तियार गरेको विश्लेषण समेत हुन थालेको बताइएको छ। “नयाँ सरकार आएको छ। सरकारमा आएका मानिसहरूले पोजेटिभ भाइब्स दिई रहेका छन्। व्यवहारतः उनीहरूले केही गर्ने नै खालको विश्वास दिलाउन सफल भएका छन्। जसले गर्दा लगानीकर्तामा थप कन्फिडेन्स बढ्दै गइरहेको देखिन थालेको छ” ती ब्रोकरले भने।

उनका अनुसार वर्किङ क्यापिटलको समस्या थोरै सम्बोधन भए सँगै ब्याजदर तल आउने कुरालाई अलि बढी नै लगानीकर्ताले विश्वास गरिरहेका छन्। उनीहरूको विश्वासलाई बजारको कारोबार र डिरेक्सनले समेत प्रमाणित गर्दै लगिरहेको छ। किनकि कुनै पनि कुरा हुँदै छ भन्ने जनाउ शेयर बजारले पहिले नै दिने गर्छ। त्यसलाई आधार मानेर हेर्दा समेत शेयर बजारले त्यस्तै सङ्केत गरिरहेको छ। बुधवार बढेको बजारलाई त्यही रुपमा हेर्नु पर्ने हुन्छ।  

पछिल्लो समय थप एक कदम अघि बढेर सरकार नै शेयर बजार बढाउन तर्फ लागिरहेको तर्क गर्न थालिएको छ। “शेयर बजार बढाउन सरकार नै लागिरहेको भन्दा फरक पर्ने अवस्था छैन।  सरकारले शेयर बजारको संवेदनशीलतालाई अलिकति बुझेको देखिन्छ। अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि शेयर बजारलाई ट्र्याकमा ल्याउन बोलेर सम्बोधन गरे। त्यसपछि आफूले बोलेका कुराहरूलाई थोरै भएपनि व्यवहारमा उतार्ने प्रयास गर्दै छन्।

Read More
  • EBL Ad news